सूर्यज्योति लाइफ इन्स्योरेन्सको २० प्रतिशत लाभांश घोषणा
काठमाडौं, २४ मंसिर । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको छ ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ। अहिलेको अवस्थामा कक्पनीले यो लाभांश वितरण गर्न सक्नु राम्रो भएको शेयरधनीहरुले बताएको छन् ।
प्रतिक्रिया दिनुहोस्