काठमाडौंमा छैटौं जनसंख्या सम्मेलन सुरु: ओलीले भर्खरै जन्मेको शिशुलाई स्वागत गर्दै सम्मेलनको उद्घाटन गरे

काठमाडौं , १२ मंसिर । काठमाडौंमा छैटौं जनसंख्या सम्मेलन सुरु भएको छ । काठमाडौंस्थित सोल्टी होटलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै जन्मेको शिशुलाई स्वागत गर्दै सम्मेलनको उद्घाटन गरेका हुन् ।

जनसंख्यासँग सम्बन्धित सम्मेलनलाई फरक तवरले गरिएको यस किसिमको उद्घाटनले सहभागीहरुको पनि ध्यान तानेको थियो ।

सिनामंगलको केएमसी अस्पतालमा मीना श्रेष्ठले जन्म दिएको नवजात शिशुलाई भिडिओमार्फत जोडिएको थियो । प्रधानमन्त्री ओलीले सम्मेलनको उद्घाटनका क्रममा शिशुलाई संसारमा स्वागत छ भन्दै छोटो मन्तव्य दिएका थिए । उनले आमा र बच्चको स्वास्थ्य अवस्थाबारे पनि जिज्ञासा राखेका थिए ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय जनसंख्या विभाग र एशियन पपुलेसन एसोसिएसन ९एपीए० को सहकार्यमा आयोजित सम्मेलनको उद्घाटन नवजात शिशुलाई समावेश गराएर गर्ने योजनाअनुरुप आजै अस्पतालमा कुरा गरिएको थियो ।

गएराति अस्पतालमा जन्मिएकी शिशुलाई भिडिओमार्फत देखाएर सम्मेलनको नौलो किसिमले उद्घाटन गरिएको हो । शिशु र उनलाई जन्म दिने आमा मीना श्रेष्ठ दुवैको स्वास्थ्य सामान्य रहेको चिकित्सक डा। वर्षा बरालले जानकारी दिइन् ।

छैटौं एशियाली जनसंख्या सम्मेलन ९एपीसी० मंसिर १२ देखि १५ ९नोभेम्बर २७ देखि ३०० सम्म चल्ने सम्मेलनमा ५० देशका ५०० भन्दा बढी जनसंख्या विज्ञ, नीति निर्माता, र अनुसन्धानकर्ता सहभागी छन् ।

नेपालले यो प्रतिष्ठित कार्यक्रम पहिलो पटक आयोजना गरेको हो । यसअघि यो सम्मेलन नयाँ दिल्ली ९२०१००, बैंकक ९२०१२०, क्वालालम्पुर ९२०१५०, सांघाई ९२०१८०, र जकार्ता ९२०२१० मा सम्पन्न भएको थियो ।

सम्मेलनमा १७ वटा मुख्य विषयगत शीर्षकमा ४०० वटा कार्यपत्र प्रस्तुत गरिनेछ । यी कार्यपत्रहरूले जनसंख्या वृद्धिका विभिन्न पक्षहरू, जस्तै जनसंख्या वृद्धावस्था, सहरीकरण, आप्रवासन, लैंगिक मुद्दा, र सार्वजनिक स्वास्थ्य जस्ता विषयमा छलफल गर्नेछन् ।

सन् २०१० मा स्थापना भएको एशियन पपुलेसन एसोसिएसनले क्षेत्रीय जनसांख्यिकीय मुद्दाहरूमा संवाद र सहकार्य गर्नका लागि यी सम्मेलनहरूको आयोजना गर्दै आएको छ । विगतका संस्करणहरूले नीतिगत निर्णयमा मार्गदर्शन गर्ने र क्षेत्रीय सहकार्यलाई सुदृढ गर्ने महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्