प्रधानमन्त्रीको चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने
काठमाडौं , १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओलीको चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ । भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुनेछन् ।
भ्रमण टोलीमा को को र कति सहभागी हुने नेपाली टोलीको कूल संख्या भने अझै यकिन भइसकेको छैन ।
परराष्ट्र स्रोतका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन जानेछिन् । उनी शनिबार नेपाल फर्किएर पुनः सोमबार चीन प्रस्थान गर्ने कार्यतालिका बनेको छ ।
‘१५ मंसिरमा मन्त्री राणा देउवा नेपाल फर्केर १७ मंसिरमा प्रधानमन्त्री ओलीसँग राणा पुनः चीन जाने गरी कार्यतालिका बनेको छ,’ परराष्ट्र स्रोतले भन्यो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग १८ मंसिरमा भेट हुनसक्ने परराष्ट्र स्रोतले जानकारी गराएको छ । ‘प्रधानमन्त्री गएको भोलिपल्ट उच्चस्तरीय भेट हुनसक्छ । तर, औपचारिक तालिका आइसकेको छैन,’ परराष्ट्र स्रोतले भन्यो । तर नेपाल र चीनबिच केके कुरामा सम्झौता हुन्छ भन्ने कुरा टुंगो लागेको छैन ।
प्रतिक्रिया दिनुहोस्