उपत्यकाको तापक्रम निरन्तर घट्दो, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली

काठकाडौं, १२ मंसिर । मंसिर दोस्रो साता हुँदै गर्दा काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बिहान यहाँको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्यो । जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले आज सङ्घीय राजधानीको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बिच रहने प्रक्षेपण गरेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । सिचोले गर्दा बाबालीका, वृद्धहरुलाई कठिन हुने हुँदा न्न्यो कपडा र पोसिलने झोलिलो बस्तु खान अनुरोध छ ।

 

प्रतिक्रिया दिनुहोस्