मन्त्रीहरूको मन्त्रालयगत त्रैमासिक समीक्षा आज हुँदै

काठकाडौं, १२ मंसिर । सरकारका मन्त्रीहरूको मन्त्रालयगत त्रैमासिक समीक्षा आज हुँदै छ । तीन तनि महिनामा मन्त्रालगगत समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई बोलाएका छन् ।

प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सरकारले गरेका काम कारबाहीहरू, मन्त्रालयले सचिवहरूसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेका कार्य सम्पादन सम्झौताबारे समीक्षा हुनेछ । यसले कुन मन्त्रालयले के कति कार्यसम्पादन गर्न सकेका छन
भन्ने कुराको समिक्षा हुन्छ । कुन मन्त्रालगको कमजारे प्रगति छ भन्ने कुरा जानकारी हुने हुँदा यस छलफलले मन्त्री र मन्त्रालयलाई गतिशिल बनाउन मद्दत गर्छ ।,

प्रतिक्रिया दिनुहोस्