प्राधिकरणलाई बक्यौता उठाउन र अरू निर्णय यथास्थितिमा राख्न नियमन आयोगको निर्देशन

काठमाडौं, ११ मंसिर । नियमनकारी निकाय विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई अहिले सबै निर्णयहरू यथास्थितिमा राख्न निर्देशन दिएको छ ।

सोमबार आयोगले प्राधिकरणलाई मन्त्रिपरिषद्को निर्णय अनुसार बक्यौता उठाउन र अरू निर्णयहरू यथास्थितिमा राख्न निर्देशन दिएको हो ।

आयोगका अध्यक्ष डा. रामप्रसाद धितालका अनुसार मन्त्रिपरिषद्ले जाँचबुझ समिति बनाएकाले त्यसको रिपोर्ट नआउँदासम्म अन्य निर्णय नगर्न भनिएको हो । उनले भने, ‘बक्यौता उठाउने कुरमा सम्झौता हुँदैन । स्पष्ट रूपमा उठाउने भनेका छौँ । बाँकी कुरा यथास्थितिमा राख्न भनिएको हो ।’ जाँचबुझ समितिको रिपोर्ट आएपछि पैसा बढी आएको भए समायोजन गर्न पनि निर्देशन दिइएको धितालले बताए ।

योगले यथास्थितिमा भन्दै घुमाउरो भाषामा प्राधिकरणलाई तत्काल लाइन नकाट्न भनेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले १५ दिनभित्र महसुल नबुझाए लाइन काट्ने चेतावनी दिएका थिए । मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणको सञ्चालक समितिले उद्योगीलाई दिएको समय भोलि सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्