पूर्वमन्त्री कल्पना धमलालाई पितृशोक, अल बिदा दुर्गा बुवा

काठमाडौं, ११ मंसिर । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेतृ एवं स्वास्थ्य सेवा विभाग प्रमुख कल्पना धमलालाई पितृशोक परेको छ ।
पूर्वमन्त्री धमलाका बुवा दुर्गाप्रसाद धमलाको आज विहान बिर अस्पतालमा उपचारको क्रममा ९५ वर्षको उमेरमा निधन भएको हो ।

मस्तिष्कघातका कारण उहाँको केहीदिनदेखि थापाथलीको अन्नपूर्ण न्युरो अस्पताल हुँदै वीर अस्पतालमा उपचार गराउँदै आउनु भएको थियो ।
धादिङ्ग ज्यामरुङ्गमा जन्मिएर समाज सेवामा आवद्ध हुनुभएका धमला केही वर्षदेखि काठमाडौं बस्दै आउनु भएको थियो ।

उहाँलाई श्रद्धाञ्जलीका लागि केही समय कीर्तिपुर आफ्नो निवासमा राखिने र आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
यसै सूचनालाई आधारमानी पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कारमा सहभागी हुन करिव दिनको एक बजे सम्पूर्णलाई अनुरोध पनि गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्