चितवनमा पिकनिक विद्यार्थी बस दुर्घटनाः उपचारको क्रममा एक जनाको मृत्यु
काठमाडौं, १० मंसिर। चितवनमा गत शनिबार पिकनिक खाएर फर्कंदै गरेका विद्यार्थीहरु सवार बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा कालिका नगरपालिका–३ का सावित्री पोखरेलका ८ वर्षीय छोरा आराम्भ पोखरेल छन् । उनको आज बिहान ५ बजे मृत्यु पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गत शनिबार कालिका–४ स्थित चित्रवन स्कुलका विद्यार्थीहरु उपरदाङ्गगढीमा पिकनिक गएर फर्किंदै गर्दा उनीहरु सवार मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस कालिका–९ मा दुर्घटना भएको थियो । बस दुर्घटनामा २८ जना घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्