प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीसँग छलफल गर्दै, १८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने

काठमाडौं, १० मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीको यहि मंसिर १७ गतेदेखि मित्रराष्ट्र चीनको भ्रमण हुँदैछ । यसको लागि चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्दै छन् । छलफल आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने छ ।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन् । यो मिति घोषणा उनले गत शुक्रबार दरबारमार्गमा आयोजित पार्टीको सभामार्फत् गरेका थिए । ‘सरकारको टोली १७ गते चीन जान लागेको छ र त्यो भ्रमण सफल हुने छ । कसरी सफल भयो भन्नेबारे म फर्केपछि सम्प्रेषण गर्ने नै छु,’ प्रधानमन्त्री ओलीले भनेका थिए ।

प्रधानमन्त्री ओलीले पछिल्लोपटक सत्ता सम्हालेको १०० दिनसम्म पनि भारतबाट औपचारिक रुपमा भ्रमणको निम्तो नपाएपछि चीन भ्रमणको गृहकार्य सुरु गरेका थिए । सोही गृहकार्यअनुसार नै प्रधानमन्त्री ओलीले आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्न लागेका हुन् ।

चीन भ्रमणको क्रममा राख्ने एजेण्डाबारे प्रधानमन्त्री ओलीले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तालिका तय भएको छ । नेपालका लागि चिनियाँ राजदूत छन् सङसँग समेतको छलफलमा परराष्ट्र मन्त्रालयले भ्रमण तालिका निश्चित गरेको हो । राजदूत सङले आइतबार परराष्ट्रमन्त्री आरजु राणा देउवासँग परामर्श गरेका थिए ।

परराष्ट्र मन्त्रालयले तयार पारेको प्रस्तावित भ्रमण तालिका अनुसार प्रधानमन्त्री ओली मंसिर १७ गते चीन प्रस्थान गर्नेछन् । १८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् । सोही क्रममा दुई देशबीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर समेत हुनेछ ।

यसैगरी मंसिर १९ गते बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने, नेपाली तथा चिनियाँ उद्योगी व्यवसायीहरुसँगको छलफलमा सहभागी हुने र २० गते स्वदेश फर्किने गरी प्रधानमन्त्रीको भ्रमण तालिका प्रस्ताव गरिएको छ ।

प्रधानमन्त्री ओलीभन्दा केही दिन अगाडि परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा चीन जाने तयारी छ । सम्भवतः परराष्ट्रमन्त्री राणा १३ गते नै बेइजिङ जानेछिन् । उनले १४ गते चिनियाँ समकक्षी वाङ यीसहित चिनियाँ नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्