उमेश श्रेष्ठ नेपाली कांग्रेसको कोषाध्यमा नियुक्त
काठमााडैं, ९ मंसिर । नेपालीका काँग्रेसका नेता तथा व्यवसायी उमेश श्रेष्ठ नेपाली कांग्रेसकाको कोषाध्यमा नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई कोषाध्यक्ष मनोनीत गरेका हुन् ।
सभापति देउवाले आइतबार केन्द्रीय सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदमा नियुक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
श्रेष्ठ पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पनि हुन्। कांग्रेसको विधानमा केन्द्रीय सदस्य मध्येबाट सभापतिले कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था छ। सोही विधानअनुसार आइतबार सभापति देउवाले श्रेष्ठलाई कोषाध्यक्ष मनोनयन गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।
निजी स्कुलका सञ्चालकसमेत रहेका श्रेष्ठलाई गत प्रतिनिधि सभा चुनावमा चितवन-२ बाट कांग्रेसले उम्मेदवार बनाएको थियो। त्यसबेला पार्टीमा लामो समय बिताएका नेताहरूलाई पाखा लगाएर उनलाई टिकट दिइएको भन्दै कांग्रेसभित्रै चर्को आलोचना भएको थियो। यद्यपि उक्त चुनाव उनले जित्न भने सकेनन्।
कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिरमा भएको थियो। महाधिवेशन भएको तीन वर्षपछि सभापति देउवाले श्रेष्ठलाई कोषाध्यक्ष बनाएका हुन्। चार/चार वर्षमा महाधिवेशन गर्नुपर्ने कांग्रेसको विधानमा उल्लेख छ। विधानअनुसार भए अर्को साल कांग्रेसले १५ औं महाधिवेशन गर्नुपर्छ।
महाधिवेशनका चर्चाबीच भएको यो मनोनयनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। अब नेपाली काँग्रेसमा उहाँको भूमिका सक्रिय हुनेछ ।
प्रतिक्रिया दिनुहोस्