फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठक, बालेन गएनन्

काठमाडौं, ९ मंसिर । काठमाडौंको फोहोर व्यवस्थापन फलामको चिउरा चपाउनु जस्तै बनेको छ । यसले गर्दा अहिले काठमाडौंको फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठक शहरी विकास मन्त्रालयमा बसिरहेको छ ।

शहरी विकास मन्त्री प्रकाशमान सिंहसहितको बैठकमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनसहित प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालयका सचिवहरु छन् । यसैगरी धादिङको धुनिबेंसी नगरपालिका प्रमुख र नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष पनि बैठकमा सहभागी छन् ।

बैठकमा काठमाडौं महानगरपालिका प्रमुख बालेन भने उपस्थित छैनन् । काठमाडौं महानगरबाट प्रमुख कार्यकारी सहभागी छन् ।

बैठकमा हालसम्म भएका निर्णयहरुको समीक्षाका साथै बञ्चरेडाँडा ल्याण्डफिल साइटको हालको अवस्थाको छलफल र समाधानका उपायबारे छफलल गर्ने मुख्य एजेण्डा छ । तेस्रो एजेण्डा काठमाडौं उपत्यकाको फोहोरको दीर्घकालीन समस्या समाधानका लागि भावी कार्यदिशा समेत छ । काठमाडौं महानगरपालिकाका प्रमुअ बालेन्द्र बालेन शाहले फोहोर व्यवस्थापनमा सरकारले राजनीतिक गर्याे भन्दै आएको छन् । त्यसैले उनी सो बैठमा उपस्थिति नै छैनन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्