एक युवायुवती सिनामंगलको होटलमा मृत अवस्थामा
काठमाडौं, ९ मंसिर। काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन्।
आइतबार बिहान काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलमा युवायुवती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
दुई जना चौथो तलाको बरण्डामा मृत फेला परेका हुन्।
उनीहरूको पासपोर्ट प्रहरीले फेला पारेको छ। मृतक सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङका २९ वर्षीया सर्मिलाकुमारी माझी छन्।
शनिबार साँझ पौने ७ बजे उनीहरू कोठा नम्बर १२० मा बसेका थिए। दुबै जना बरण्डाको रेलिङमा सेतो सलमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। आइतबार बिहान साढे ७ बजे प्रहरीलाई खबर भएपछि परिसर, प्रहरी वृत्त गौशाला र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली पुगेर अनुसन्धान अघि बढाएको छ।
प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। फरेन्सिक टोली पनि पुगेको छ।
प्रतिक्रिया दिनुहोस्