अपराजित रहँदै आएको बार्सिलोना स्तब्ध

म्याड्रिड (एजेन्सी) । स्पेनिस ला लिगा अन्तर्गत आइतबार लेभान्तेसंग बार्सिलोना ५–४ ले पराजित भएको छ । अपराजित रहँदै आएको बार्सिलोना लेभान्तेसंग चुकेको छ ।

घरेलु टोली लेभान्तेले नवौं मिनेटमा एम्यानुएल बोटेङको गोलमा अग्रता लिएको थियो । बोटेङले आधा घण्टा नबित्दै अग्रता दोब्बर पारे ‌। फिलिप कोउटिन्होले बार्सिलोनाको लागि पहिलो हाफको अन्तिममा गोल गरे ।

तर दोस्रो हाफको पहिलो मिनेटमा एनिस बार्ढिले दुई गोलको अग्रता कायम गरे ‌। तीन मिनेटपछि बोटेङले ह्याट्रिक पुरा गर्दै लेभान्तेले ४–१ ले अग्रता लियो । ५६ हौं मिनेटमा बार्ढिकै गोलमा लेभान्तेले ५–१ को अग्रता बनायो ।

त्यसपछि कोउटिन्होले ५९ अौं र ६४ अौं मिनेटमा गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । लुइस सुआरेजले ७१ अौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अन्तर १ गोलमा झारे । तर थप गोल गर्न नसक्दा बार्सिलोना लिगको पहिलो हार बेहोर्न बाध्य भयो ।

प्रतिक्रिया दिनुहोस्