आईक्यापको १२औं साधारण सभामा भाग लिन ३१ देशका ५४ राजनीतिक २०० नेताहरू नोम पेन्हमा

एसियाली राजनीति पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप)को १२औं साधारण सभामा भाग लिनको लागि कम्बोडियाको राजधानी नोम पेन्ह (Phnom Penh),  आइपुगियो । कम्बोडियन पिपल्स पार्टी (सीपीपी) को आयोजना हुन गइरहेको यस बाह्रौँ साधारण सभामा ३१ देशका ५४ राजनीतिक दलहरूवाट करिब २०० नेताहरू सहभागी हुनेछन्। \

सहभागी हुनेछन् । सम्मेलनलाई ३९ जना पर्यवेक्षकहरू सहभागी हुनेछन् । त्यसैगरी एशियाभन्दा बाहेक १५ वटा मुलुकबाट १६ वटा राजनीतिक दलका ४० जना नेताहरू सहभागी हुनेछन् ।  कार्यक्रमलाई रिपोर्टिङ गर्नको लागि विभिन्न देशबाट १५ जना पत्रकारहरू सहभागी हुनेछन् । ‌

सम्मेलनमा नेपालबाट आठ राजनीतिक दलबाट १३ जना नेताहरू सहभागी हुने छन् ।  सहभागिताको लागि नेपालबाट कम्बोडिया पुग्ने क्रम जारी छ।  सम्मेलनमा सहभागी हुनको लागि नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रतिनिधित्व गर्दै कम्बोडिया पुग्नुभएका पार्टीका विदेश विभाग सचिव डा. शंकर खतिवडाका अनुसार यस बाह्रौँ साधारण सभाको मुख्य विषयवस्तु “शान्ति र मेलमिलाप निर्माणमा राजनीतिक दलहरूको भूमिका” भन्ने रहेको छ ।

आइक्यापको १२ औं साधारणसभाको उद्देश्य विश्वव्यापी शान्ति र स्थायित्वलाई प्रोत्साहित गर्दै भू-राजनीतिक र भू-आर्थिक चुनौतीहरूको सामना गर्नको लागि राजनीतिक दलहरूको बीचमा समझदारी कायम गर्नु। हो । यसका लागि, यो अन्तर्राष्ट्रिय सम्मेलन विभिन्न राष्ट्रहरू र क्षेत्रीय साझेदारहरूसँग समन्वयात्मक प्रयासहरू बढाउन र द्वन्द्व रोकथामका लागि प्रभावकारी उपायहरू अपनाउन चाहन्छ ।

सम्मेलन अन्तर्राष्ट्रिय कानून र शान्ति स्थापनामा आधारित सिद्धान्तहरूको समर्थन गर्दै, विभिन्न संस्कृतिहरू र विविधताहरूको सम्मान गर्दै आम रूपमा मेलमिलापको प्रक्रिया अघि बढाउन चाहन्छ ।  साथै, यो सम्मेलनमा संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू-२०३० को प्रगति सुनिश्चित गर्नको लागि आर्थिक असमानता, सामाजिक द्वन्द्व र अन्य चुनौतीहरूको समाधान गर्ने  विषयमा पनि छलफल हुनेछ ।

यसका साथसाथै यस सम्मेलनमा “शान्ति र मेलमिलाप प्रवर्द्धनका लागि सांस्कृतिक विविधता” र “शान्ति कायम गर्न आजको डिजिटल दुनियामा सन्दर्भमा नक्कली समाचारहरू विरुद्ध कसरि लड्ने” भन्ने विषयमा छुट्टाछुट्टै समानान्तर सेसनहरू सञ्चालन गरेर यस विषयमा गहिरो छलफल हुनेछ । नोभेम्बर २१ बाट सुरु हुने यो अन्तर्राष्ट्रिय सम्मेलन नोभेम्बर २३ मा नोम पेन्ह घोषणापत्र जारी गर्दै समापन हुने डाक्टर खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्