कुलपति राईद्वारा ‘मनोकाङ्क्षा’ मुक्तकसङ्ग्रहको लोकार्पण
काठमाडौँ, ८मङ्सिर । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले मीना चौलागाईंद्वारा रचित ‘मनोकाङ्क्षा’मुक्तक सङ्ग्रहको लोकार्पण एक समारोहबिच प्रज्ञा-प्रतिष्ठानको पारिजात प्रवचनकक्षमा लोकार्पण गर्नुभएको थियोे ।
यस अवसरमा कुलपति राईले मुक्तकले घटनाप्रधान र विषयवस्तुको प्रभावजन्य झट्का उत्पन्न गर्न सक्नुपर्छ। मुक्तक दर्शनढुङ्गा र चकमक ठोस्दा निस्किने झिल्को जस्तै बन्न सक्नुपर्छ।यस अर्थमा मुक्तककार मीना चौलागाईंका मुक्तक भावोत्पादक र सामयिक मूल्यबोध गर्न समक्ष रहेको बताउनु भएको थियो।
नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले मीना चौलागाईंद्वारा रचित ‘मनोकाङ्क्षा’ मुक्तकसङ्ग्रहमा प्रेम तथा शृङ्गारिक मनोभावना व्याप्त रहेको बताउनु भएको थियो । उहाँले मुक्तकमा सुखदु:खका कुरा, यथार्थ अनुभूति ,मातृप्रेम ,मानवीय संवेदना र आरोहअवरोह चित्रण भएको बताउनु भएको थियो ।उक्त लोकार्पित मुक्तकसङ्ग्रहबाट पार्वती भट्ट ,कार्मु चौलागाईं ,प्रकाश बस्नेत गफाडी र निलाञ्जला भारद्वाजले तीनतीनवटा मुक्तक वाचन गर्नुभएको थियोे।
कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवकर पौडेललगायतका मुक्तककार सुनिल अधिकारी ,रमेश पौडेल र प्रतीक ढकालका साथै कोमल ढुङ्गाना र आयुश्री चौलागाईंले शुभकामना मनतव्य राख्नु भएको थियोे । नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षतामा महासचिव यादव भट्टराईको उद्घोषण र प्रतिष्ठानका केन्द्रीय सदस्य दिव्य गिरीको स्वागत मनतव्य रहेको थियोे ।
प्रतिक्रिया दिनुहोस्