आर्थिक विकासमा कृषि विकास बैंकको भूमिका महत्पूर्ण: उपप्रधानमन्त्री सिंह

काठमाडौं, ३७ मंसिर । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको भूमिका महत्पूर्ण रहेको बताएको छन् । यस्तै किसानलाई केन्द्रमा राखेर काम गर्न मन्त्री सिंले सुझाव दिएका छन् ।

कृषि विकास बैंकको केन्द्रीय कार्यालयस्थित नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले शुक्रबार आयोजना गरेको ‘वित्तीय सन्देश स्मारिकाको १५औँ अङ्क’ विमोचन समारोहमा मन्त्री सिहंले कृषि विकास बैंकको महत्व र यसले जनतालाई दिेने सेवा, मुलुकलाई आत्म निभर बनाउनको लागि केषि उत्पादनमा लगानी केन्द्रित गर्नु पर्नेमा जोड दिए ।

उनले कृषि विकास बैंक निजीक्षेत्रका बैंक भन्दा फरक र जनताकोका लागि ठूलो र अहम् भूमिकामा रहेको उल्लेख गर्दै बैंकले किसानको घर दैलोसम्म पुगेर सेवा प्रदान गर्ने दायित्व रहेकाले अरु बैंकको भन्दा बढी जिम्मेवारी रहेको बताए ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले कुनै पनि संस्थाको जनशक्ति उत्साहजनक नभए त्यसको प्रभाव संस्थाको सेवामा पर्ने हुँदा उक्त मागबारे सुनुवाइ गरिनुपर्ने बताए । जनताको सेवा र विस्तारमा बैक अग्रपंत्तिमा रहेकर काम गर्ने बताए ।

बैंकमा भएको कर्मचारीका समस्याबारे समाधान निकालेर सेवामा सकारात्मक भाव पैदा गर्न उनले सुझाव दिए । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका अध्यक्ष रामबहादुर रावलले आन्दोलन पश्चात कर्मचारीका सामाजिक सुरक्षा लगायतका माग पूरा गर्न बोर्ड समितिसँग सहमति भएको तर ती माग अर्थमन्त्रालयमा रोकिएकोले तुरुन्तै समाधान गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्