चीन भ्रमण केवल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुन्छ: प्रधानमन्त्री

, काठमाडौं, ७ मंसिर। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यष केपी शर्मा ओलीले चीन भ्रमण केवल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने बताएका छन् ।
काठमाडौंको दरबारमार्गमा शुक्रबार आयोजित जागरणसभालाई सम्बोधन गर्दै प्रधामनमन्त्री ओलीले आफू प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणमा जान लागेको भन्दै भ्रमण अत्यन्तै सफल हुने र नेपालीको जनताको हितलाई केन्द्रमा राखेर भ्रमण फलदायी हुने दावरी गरे ।

उनले भने, ‘चीन भ्रमण अत्यन्त सफल रहनेछ । यो कुरा फर्केर आएपछि थाहा पाउनुहुनेछ ।’

१७ मंसिरदेखि हुने चीन भ्रमण केवल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने उनले स्पष्ट पारे ।

उनले अगाडि भने, ‘त्यतिकै यसो घुमेर आऊँ भनेर चीन जान लागेको होइन । देशको हित र भलाइका लागि कुनै पनि देशको भ्रमण गरिन्छ । त्यसैगरी हाम्रा भ्रमणहरूलाई सफलता पूर्वक उल्लेख्य ढंगले प्रस्तुत गर्ने गरेका छौं । र, उदाहरणीय पनि हुनेछ यो कुरा ढुक्कले म भन्न चाहन्छु ।’ यो भ्रमण नेपालको हितमा हुने बताए ।

प्रतिक्रिया दिनुहोस्