सरकारको नेतृत्व गरेको पाटी सडकमा ! एमाले जनताको पाटी भएकोले सडकमा गएको होः महासचिव शंकर पोखरेल

काठमाडौं, ७ मंसिर। नेकपा एमालेले सरकारमा रहेर पनि सभा र र्‍याली गरेको भन्नेहरूलाई जवाफ फर्काएको छ । शुक्रबार राजधानीको दरबारमार्गमा भएको जागरण सभालाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले एमाले जनताको पार्टी भएकाले जनतामा गएर पार्टीविरुद्ध खडा गरिएका भ्रमहरूलाई चिर्न खोजिएको बताए ।

‘सरकारमा रहेको पार्टीले सभा जुलुस गर्न मिल्छ ?भनेको सुनियो । सबैभन्दा ठुलो लोकतन्त्र भएको मुलुक भारतमा नरेन्द्र मोदीले विभिन्न राज्यमा जनताका बिचमा भाषण गरिरहेको सुनिन्छ’, उनले भने, ‘लोकतन्त्रमा प्रमको पार्टीले सभा र र्‍याली गर्न मिल्छ कि मिल्दैन ? कम्तीमा भारतीय लोकतन्त्र देखेकाहरूले यस्तो नभने हुने हो । जनताको पार्टी भएको नाताले एमालेले जनतामा जाने फैसला गरेको हो ।’

उनले दरबारमार्गमा गरिएको जागरण सभा सरकारको नभएर पार्टीको कार्यक्रम भएको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्