सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले गरे लाभांश घोषणा

काठमाडौं, ५ मंसिर । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

 

सोमध्ये ६ प्रतिशत बोनस शेयर रहेको छ भने १ प्रतिशत नगद लाभांश (करप्रयोजनार्थ सहित) रहेको छ।

मंसिर ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्