राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं, ५ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । पार्टीको दोस्रो चरणको कार्यक्रम तय गर्ने विषयमा मंगलबार खास निष्कर्षमा पुग्न नसकेपछि आज पुनः बैठक बस्न लागेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

आफ्ना सभापति रवि लामिछाने पक्राउ र आन्दोलनलाई चुस्त बनाउन बैठक बोलाइएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । सङ्कटको समयमा संवादहीनताले पनि थप सङ्कट निम्त्याउने भएकाले विशेषतः यसबेला भेटघाट बढाउनका लागि बैठक बोलाएका हौँ”, कार्यवाहक प्रवक्ता झाले भने ।
आजको बैठकले पार्टीको दोस्रो चरणको कार्यक्रमबारे ठोस निर्णय लिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्