राजकीय सम्मानका साथ र्वसभामुख दमननाथ ढुंगाना अन्त्येष्टि
काठमाडौं, ३ मंसिर । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पणसँगै शोक धुन बजायो ।
ढुंगानालाई छोराद्वय निमेष र निशेषले दागबत्ती दिएको छ ।
आज बिहानको मन्त्रिपरिषद् बैठकले ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र उनको निधनको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।
अन्त्येष्टिअघि ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको थियो । प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, डा। बाबुराम भट्टराईलगायत श्रद्धाञ्जलीका लागि पुगेका थिए ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरेका ढुंगानाको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह थियो ।
२०४८ मा काठमाडौं(२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनी प्रतिनिधिसभाको सभामुख थियो । नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उनको योगदान उल्लेखनीय मानिन्छ । यसरी पूर्वसभामुख ढ्ंगनाको अन्तयष्टि गरि विदा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्