नि:शुल्क सौन्दर्य कला तालिम सम्पन्न

काठमाडौं ।  सक्षम नारी नेपाल सामाजिक संस्थाले सौन्दर्य कला अन्तर्गत मेहन्दी र नेल कटिंग सम्बन्धी नि:शुल्क तालिम सम्पन्न गरेको छ । काठमाडौँ महानगरपालिका १४ को सहकार्यमा सक्षम नारी नेपाल सामाजिक संस्थाले सौन्दर्य कला अन्तर्गत मेहन्दी र नेल कटिंग सम्बन्धी निशुल्क तालिम सम्पन्न गरिएको हो।

काठमाडौं–१४, कलंकीस्थित ग्लोअप युनिसेक्स ब्युटिपार्लर सलुन एण्ड ट्रेनिङ सेन्टरमा सञ्चालन गरिएको १५ दिनको तालिममा २८ जना युवतीले सिप सौन्दर्य सम्बन्धि कलासिकेका छन् । तालिम सिकेका युवतीहरुले आफूलाई यस्ता कलाले आत्म निरभर बनाउन मद्दत पुगेको बताए ।

सो तालिमको समापन कार्यक्रममा काठमाडौँ महानगरपालिका( १४ का वडाध्यक्ष सुमन श्रेष्ठले व्यवसायिक सिपमूलक कार्यक्रम संचालन गर्दै रोजगारी सृजना गर्ने पालकाको नीति रहेको बताउँदै आगामी दिनमा सौन्दर्य कला सम्बन्धि आधुनिक तालिम दिन सो संस्थालाई आग्रह गर्नुभयो। स्थानीय सरकारले आत्मनिभर र स्वरोजगारको लागि विभिन्न किसिमका कार्यक्रमहरु रहेका ेहुाँदा वडा तथा महानगरपालकिामा के कस्ता कार्यक्रमहरु छन् भनि चासो राख्न आग्रह गर्नभयो ।

वडा सदस्य शोभा खड्का र अनिता नेपालीले उक्त सेन्टरमा अत्याधुनिक प्रविधिबाट सबैका लागि सेवासमेत प्रारम्भ गरी तालिम संचालन गरेकामा संथाप्रति सराहना गर्नुभयो। उहाँले तालिमले जीवन निर्वा र आत्म निभर हुन टेवा पुग्ने विश्वाश व्यक्त गर्नूभयो ।

समयसापेक्ष सीप परिमार्जन गर्न व्यवसायिक तालिम, राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा फैलिएको ज्ञानलाई प्रवर्द्धन गर्न विज्ञहरुको सहभागितामा एड्भान्स तालिमसमेत सञ्चालन गर्ने सेन्टरले लक्ष्य राखेको सञ्चालिका गोमा बिडारीले जानकारी दिनुभयो ।

सौन्दर्य व्यवसायले महिलालाई आत्मनिर्भर गराउन सहयोग पुग्ने बताउदै उहाँले भन्नुभयो,– ‘यस क्षेत्रमा प्रयोग गरिने सामग्रीले स्वास्थ्य क्षेत्रमा पार्ने प्रभावबारे हामीले पनि जान्नै पर्ने हुन्छ, त्यसैले प्रशिक्षार्थीलाई समय–समयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान दिने लक्ष्य राखेका छौँ ।’

सहर–बजारमा शारीरिक श्रृङ्गारका लागि महिला तथा पुरुष नियमित रूपमा ब्युटिपार्लर जाने भएकोले पछिल्लो समय यस क्षेत्रमा लाग्नेहरूको आकर्षण पनि बढेको छ। यसलाई मध्यनजर राख्दै संस्थाले विभिन्न सौन्दर्यका कार्यक्रमसँगै अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्