दमननाथ ढुङ्गानाको अन्तिम बिदाइ राष्ट्रिय सम्मानका साथ गरिने मन्त्रिपरिषद्को निर्णय, आज सार्वजनिक बिदा

काठमाडौँ, ३ मंसिर। पूर्व सभामुख स्व। दमननाथ ढुङ्गानाको अन्तिम बिदाइ राष्ट्रिय सम्मानका साथ गरिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व सभामुख ढुङ्गाना बिदाइ राष्ट्रिय सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

साथै बैठकले ढुङ्गानाको शोकमा सोमबार (आज) सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । ढुङ्गानाको आइतबार दिउँसो ८३ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो ।

ढुङ्गानाको पार्थिव शरीर सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिने पारिवारिक स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओली सानो गौचरणमा हुने ढुङ्गानाको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुनेछन्। स्वर्गीय ढुङ्गानाका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् । उनको पार्थीव शरिरलाई आजै पशुपतिनाथमा राष्ट्रिय सम्मानका साथ गरिने छ ।

प्रतिक्रिया दिनुहोस्