ढुंगानाप्रति शोक प्रस्ताव पारित गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौं, ३ मंसिर। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक आज बिहान साढे १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

पूर्वसभामुख दमननाथ ढुंगानाप्रति शोक प्रस्ताव पारित गर्न र श्रद्धाञ्जली अर्पण गर्नका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरिएको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यसमितिका सभापति र पदाधिकारी सबैलाई बैठकमा उपस्थित हुन कांग्रेसले आग्रह गरेको छ ।

ढुंगानाको निधनको खबर पाएपछि पार्टी सभापति शेरबहादुर देउवा गृह जिल्लाबाट काठमाडौं फर्किसकेका छन् । उनी केहिदिनदेखि गृहजिलला भ्रमणमा थिए ।
कलेजो सम्बन्धी समस्याबाट पीडित ढुंगानाको आइतबार काठमाडौंमा निधन भएको थियो । उनीप्रति श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई सानोगौचरणमा राखिने भएको छ । ढुंगानाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँने पारिवारिक स्रोतले बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्