दार्चुला जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगे, घाइतेलाई हेलिकोप्टरबाट धनगढी ल्याइयो

कार्तिक, ३० कार्तिक ।  बिहीबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका-६ को बकजेबलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुर्‍याइएका थप दुई जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।  सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक९एसपी० राजीव बस्नेतले सबै मृतकको सनाखत भएको जानकारी दिए ।

उनकाअनुसार मृतक मध्ये दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन् ।

दुर्घटनामा ४५ वर्षीय मोहम्मद सफीर, १८ वर्षीय मोहम्मद बसिर, शैल्यशिखर नगरपालिका( ९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, ३० वर्षीय वीरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ति रावल, शैल्यशिखर(५ बस्ने ४० वर्षीया मीना लेखकको मृत्यु भएको एसपी बस्नेतले बताए ।

यस्तै, बैतडीको डिलासैनी गाउँपालिका-५ नगराउँका १५ वर्षीय सुदिप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको छ । दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका-८ पस्तीका ३० वर्षीय सुनिल जोशी सहितका ५ जना घाइते छन् ।

शुक्रबार बिहान ४ बजेतिर मालिकार्जुन धामबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप दुर्घटनामा परेको थियो ।

कार्तिक, ३० कार्तिक । धनगढी । बिहीबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका-६ को बकजेबलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुर्‍याइएका थप दुई जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक९एसपी० राजीव बस्नेतले सबै मृतकको सनाखत भएको जानकारी दिए ।

उनकाअनुसार मृतक मध्ये दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन् ।

दुर्घटनामा ४५ वर्षीय मोहम्मद सफीर, १८ वर्षीय मोहम्मद बसिर, शैल्यशिखर नगरपालिका( ९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, ३० वर्षीय वीरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ति रावल, शैल्यशिखर(५ बस्ने ४० वर्षीया मीना लेखकको मृत्यु भएको एसपी बस्नेतले बताए ।

यस्तै, बैतडीको डिलासैनी गाउँपालिका(५ नगराउँका १५ वर्षीय सुदिप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको छ । दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका(८ पस्तीका ३० वर्षीय सुनिल जोशी सहितका ५ जना घाइते छन् ।

शुक्रबार बिहान ४ बजेतिर मालिकार्जुन धामबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप दुर्घटनामा परेको थियो ।
दार्चुलाको जिप दुर्घटनाका गम्भीर घाइतेहरुलाई उपचार गर्न कैलालीको धनगढी ल्याइएको छ । दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका ३० वर्षीय सुनिल जोशीसहित तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् उपचार गर्न धनगढी ल्याइएको हो । घाइतेहरुलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

नेपाली सेनाको हेलिकोप्टर सुरुमा अस्पताल नजिकको कभर्ड हलमा अवतरण गरेको थियो । तर त्यहाँ घाइतेलाई अस्पतालसम्म पुर्‍याउने एम्बुलेन्स नभएपछि केहीबेर अलमल भएको थियो । पछि फेरि हेलिकोप्टर विमानस्थलमा पुगेको थियो । त्यहाँबाट बल्ल घाइतेहरुलाई अस्पतालसम्म पुर्‍याइएको हो ।

प्रतिक्रिया दिनुहोस्