साना किसान लघुवित्तको नाफा बढ्यो, प्रतिसेयर आम्दानी भने ३३.८२ रुपैयाँ

काठमाडौं,२९ कात्तिक । साना किसान लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासको प्रतिवेदन प्रकाशित गरेको छ । प्रकाशित विवरणमा संस्थाले ३२ करोड १८ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसैअवधिको तुलनामा ६.७७ प्रतिशत धेरै हो । गत वर्ष संस्थाले ३० करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी ४.६५ प्रतिशतले घटेर ४९ करोड २४ लाख कायम भएको छ । गत वर्ष उक्त आम्दानी ५१ करोड ६५ लाख रुपैयाँ थियो । साना किसानले ८ करोड १२ लाख रुपैयाँ बराबार इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ । इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफा बढेको हो ।

चुक्ता पुँजी ३ अर्ब ८० करोड ६३ लाख ७३ हजार रुपैयाँ रहेको यसको जगेडा कोषमा ४ अर्ब रुपैयाँ छ । प्रतिसेयर आम्दानी भने ३३.८२ रुपैयाँ भएको छ । प्रतिसेयर नेटवर्थ २५७.०४ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्