हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं,२९ कात्तिक । हिमालयन पावर पार्टनर लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको हो ।
आज कात्तिक २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले सहवित्तीयकरण बैंकहरुको ऋण भुक्तानी गर्ने प्रयोजनको लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले विद्युत नियमन आयोगको सहमति लिई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र सो दरमा हकप्रद शेयर निष्काशन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्