पहिलो त्रैमासमा एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा उल्लेख्य बढ्यो

काठमाडौं,२९ कात्तिक । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आ.व.को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८७.८३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढ्न पुगेको हो । यस अवधिमा कम्पनीको कुल आम्दानी ३३७.८६ प्रतिशत बढेर ६ करोड २१ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १०३.११ प्रतिशत बढेर ४७ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेर १४ रुपैयाँ १७ पैसा पुगेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ४९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६५।७१ गुणा रहेको छ ।

१ अर्ब २२ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १५ करोड ९५ लाख रुपैयाँ सञ्चित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्