आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफासंगै प्रतिशेयर आम्दानी बढ्यो

काठमाडौं,२९ कात्तिक । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आ.व. को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

चालु आ.व. को असोज मसान्तसम्ममा इन्स्योरेन्सले ६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तवुनलामा १९.५० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ०.२३ प्रतिशत घटेको छ भने कुल आम्दानी ७.६४ प्रतिशत बढेको छ । त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी समीक्षा अवधिमा ४.९४ प्रतिशत र कुल खर्च ५.१९ प्रतिशत बढेको छ ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । यस अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ ३२ पैसा बढेर ८ रुपैयाँ ६ पैसा पुगेको छ । असोज मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ७७.३० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ ४९ पैसा रहेको छ ।

३ अर्ब २ करोड ९३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ७४ करोड रुपैयाँ, महाविपत्ती कोषमा ८ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३५ करोड २ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया दिनुहोस्