नेपाल लाइफ इन्स्योरेन्सको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

काठमाडौं,२९ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आ.व.को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०।०६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा इन्स्योरेन्सले १५ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ९.१४ प्रतिशत बढेको छ भने कुल आम्दानी १४.३० प्रतिशत बढेको छ । कुल खर्च १२.७५ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । इन्स्योरेन्सको यस्तो आम्दानी २ रुपैयाँ ३१ पैसा बढेर १० रुपैयाँ १ पैसा पुगेको छ । असोज मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ८७.४१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ९९ पैसा रहेको छ ।

८ अर्ब २० करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब २२ करोड ८८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७१ करोड १९ लाख रुपैयाँ र अन्य इक्विटीमा ७९ करोड ५२ लाख रुपैयाँ सञ्चित छ ।

 

प्रतिक्रिया दिनुहोस्