सूर्यज्योति लाइफ इन्सुरेन्सले पहिलो त्रैमासमा बढायो नाफा

काठमाडौं,२८ कात्तिक । सूर्यज्योति लाइफ इन्सुरेन्सले पहिलो त्रैमासिक प्रतिवेदन प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार चालु आ.व. को पहिलो त्रैमासमा ११ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २.५१ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ११ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यता, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २७.०९ प्रतिशत बढेर ९४ करोड रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क आर्जन १०.०६ प्रतिशतले बढेर २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । कुल आम्दानी १३.३७ प्रतिशतले बढेर ३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । जीवन बिमा कोषको आकार ३६ अर्ब ४ करोड रुपैयाँ भन्दा धेरैको छ ।

इन्सुरेन्सको चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ रहेको भने रिटेन्ड अर्निङमा १ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ७० पैसाले कमि आइृ ९ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ५९ पैसा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्