नागरिक लगानी कोषको नाफा सामान्य बढ्यो
काठमाडौंं,२८ कात्तिक । नागरिक लगानी कोषले चालु आ.व. को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ३० करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.६२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढेको हो । समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी ३।७९ प्रतिशत घटेको छ । त्यस्तै, कम्पनीको सेवा शुल्क तथा कमिशन आम्दानी १८.८६ प्रतिशत बढेको छ भने कुल आम्दानी १२.६० प्रतिशत बढेको छ । कम्पनीको खर्च पनि समीक्षा अवधिमा ९.१९ प्रतिशत बढेको छ ।
कोषको नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ पैसा घटेर १९ रुपैयाँ ८७ पैसामा झरेको छ । चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कम्पनीको यस्तो आम्दानी घट्न पुगेको हो ।
असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११३.९९ गुणा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्