आईपीएलमा राजस्थानसँग मुम्बई ७ विकेटले पराजित

काठमाडौं । आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ७ विकेटले हराएको छ ।

आइतबार रातिको खेलमा १ सय ६९ रनको लक्ष्य राजस्थानले १८ ओभरमा मात्र ३ विकेट गुमाएर भेटाउँदै २ अंक थप गरेको हो । राजस्थानलाई जिताउन जोश बटनरले नटआउट ९४ रन बनाए भने अजिन्क्या रहानेले ३७ रनको योगदान गरे । बटलरले मात्र ५३ बलमा ९ चौका र ५ छक्काको मद्दतमा नटआउट ९४ रन बनाए ।

पहिले ब्याटिङ गरेको मुम्बइले एभिन लेविसको ६० र हार्दिक पाण्ड्याको ३६ रनको सहयोगमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । आइतबारको पहिलो खेलमा चेन्नईले हैदराबादलाई ७ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्