पहिलो त्रैमासमा गणपति लघुवित्तको नाफा घट्यो
काठमाडौं,२८ कात्तिक । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आ.व. को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार गत आ.व.को यसै अवधिको पहिलो त्रैमासको तुलनामा खुद नाफा घटेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६४.१० प्रतिशतले घटेको हो । गत वर्ष लघुवित्तले यसै अवधिमा २८ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानीमा वृद्धि भएतापनि लघुवित्तको सञ्चालन मुनाफा घटेको कारण लघुवित्तको नाफा पनि घट्न पुगेकोे हो ।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५.८५ प्रतिशतले बढेर ३ करोड ५७ लाख रुपैयाँ पुगेको छ । त्यसै, लघुवित्तको सञ्चालन नाफा १४ लाख रुपैयाँमा खुम्चिएको छ । यो ६४.०८ प्रतिशतले घटेको हो । गत वर्ष लघुवित्तको सञ्चालन मुनाफा ४१ लाख रुपैयाँ थियो ।
चुक्ता पुँजी १५ करोड १५ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ३ करोड ४७ लाख रुपैयाँ सञ्चित भएको छ ।
लघुवित्तको प्रकाशित वित्तीय विवरण अनुसार लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २ रुपैयाँ ७३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२४.६२ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्