उन्नति लघुवित्तको नाफामा सामान्य वृद्धि
काठमाडौ,२८ कात्तिक । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आ.व.को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा सामान्य रुपमा बढेको छ ।
चालु आ.व.को पहिलो त्रयमासमा लघुवित्तले २२ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा लघुवित्तको नाफा १.९५ प्रतिशतले बढेको हो । गत वर्षको यसै अवधिमा लघुवित्तले २२ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४१.१६ प्रतिशतले बढेर ५ करोड ३४ लाख रुपैयाँ कामय भएको छ । त्यसैगरी, यस अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३२ लाख रुपैयाँ छ ।
चुक्ता पुँजी २४ करोड ६८ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ९ करोड ४ लाख रुपैयाँ सञ्चित भएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब १० करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले अन्य वित्तीय संस्थाबाट ऋण गरेर तीन अर्ब ६१ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
त्यसैगरि, लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७२ पैसा कायम छ भने प्रतिशेयर नेटवर्थ १३८.६८ रुपैयाँ रहेको द्घछ ।
प्रतिक्रिया दिनुहोस्