प्राइम कमर्सियल बैंकले मंसिर १९ मा बोलायो साधारण सभा
काठमाडौं,२८ कात्तिक । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।
बैंकले मंसिर १९ गते, बुधबार, आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा बोलएको हो । सभा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने, नियमावलीमा संशोधन गर्ने, मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
बैंकले साधारण सभा प्रयोजनको लागि मंसिर ९ गते एक दिनका लागि बुकक्लेज गर्ने भएको छ । मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। ।
प्रतिक्रिया दिनुहोस्