गण्डकी प्रदेश सांसद दीपक मनाङे कारागार चलान
काठमाडौ, २७ कात्तिक । ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे डिल्लीबजार कारागार चलान गरिएका छन् ।
मंगलवार काठमाडौंको सानोभर्याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रिय अनुसन्धान ब्युरोले फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले उनलाई केन्द्रिय कारागार पठाएको हो ।
मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो । मनाङे यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब बाँकी २ वर्ष ४ महिना १ दिन कारागारमा बिताउनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्