हिमालयन लघुवित्तको अध्यक्षमा बिजयमान नकर्मी नियुक्त

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को अध्यक्षमा बिजयमान नकर्मी नियुक्त भएका छन् ।
संस्थाको सञ्चालक समितिको २०८१ कार्तिक २६ गते सोमबार बसेकोे २३५ औं बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्नुहुने बिजयमान नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
यस अघि वित्तीय संस्थामा अध्यक्ष भएका उउँले हिमालयन बैंक लिमिटेडबाट बैंकिङ्ग सेवा शुरु गरी करीब ३२ वर्ष देखि बैंकिङ्ग क्षेत्रमा योगदान गर्दै हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहनु भएको छ ।
यसै गरी यस वित्तीय संस्थाको संस्थापक सेयरधनी हिमालयन बैंक लिमिटेडको तर्फबाट सुवासन हर्ष बज्राचार्य र सरोज श्रेष्ठ समेत वित्तीय संस्थाको सञ्चालक नियुक्त हुनुभएको छ । नवनियुक्त अध्यक्ष तथा सञ्चालकहरुको स्वागतका साथै निवर्तमान सञ्चालक सचिन नेवा श्री आँचल ढकाललाई धन्यवाद ज्ञापन गर्दै विदाई कार्यक्रम समेत गरिएको छ ।
राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७६ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै रु.९६ करोड बचत संकलन गरी करिब रु.४ अर्ब ३४ करोड लगानी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्