ज्यान मार्ने उद्योगमा दोषी ठहर गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ
काठमाडौं,२७ कात्तिक । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन्। मनाङबाट स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका मनाङेलाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउनपछि मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरोमा ल्याइँदैछ ।
२०६१ सालमा मिलन गुरुङ माथि खुकुरी प्रहार भएको मुद्दामा गुरुङलाई अदालतले दोषी ठहर गरेको थियो । पुनरावेदन अदालत पाटनले २०६९ सालमा मनाङ्गेलाई कर्तव्य ज्यान मुद्दा अन्तर्गत पाँच वर्षको सजाय सुनाएको थियो। सोहि सर्वोच्च अदालतले मंगलबार मनाङेलाई ५ वर्ष कैदको फैसलासमेत सुनाएको छ ।
न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले उच्च अदालत पाटनको फैसलालाई सदर गर्दै ५ वर्ष कैदको फैसला सुनाएको थियो । उच्च अदालत पाटनले ५ वर्षको कैद सजाय सुनाएपछि उक्त फैसलाविरुद्ध मनाङे सर्वोच्च पुगेका थिए । २०६१ मा मनाङेले चक्रे मिलनमाथि तरबार आक्रमण गरेका थिए। सोही घटनामा प्रहरीले काठमाडौं जिल्ला अदालतमा मनाङेविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।
काठमाडौं जिल्ला अदालतले कुटपिटको मुद्दा ठहर गरी मनाङेलाई २ वर्ष जेल सजाय सुनाएपछि सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो । त्यसपछि उच्च अदालत पाटनले उक्त फैसला पल्टाउँदै ५ वर्ष कैद सजाय सुनाएको र सो मुद्दामा मनाङे २ वर्ष जेल सजाय काटिसकेका छन्। । बाँकी कैद सजायका लागि उनलाई जेल पठाइने छ ।
प्रतिक्रिया दिनुहोस्