ग्लोबल आइएमई लघुवित्तको नाफा १९ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी पनि बढ्यो

काठमाडौं,२७ कात्तिक । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासक प्रतिवेदन प्रकाशित गरेको छ । प्रकाशित प्रतिवेदन अनुसार ४ करोड ४ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तो नाफा गत आ.व.को यही अवधिमा लघुवित्तले ३ करोड ४० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लघुवित्तको यस्तो नाफा गत वर्षको तुलनामा १९ प्रतिशत बढेको देखिन्छ ।

चालु आवको पहिलो त्रयमासमा लघुवित्तले १३ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत असोजसम्म लघुवित्तले २ करोड २२ लाख रुपैयाँ नेट फि एण्ड कमिसन १५ करोड ९४ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी र ५ करोड ७८ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । यसअवधिमा लघुवित्तको वितरणयोग्य नाफा २४ लाख ५२ हजार रुपैयाँ छ ।

नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी २१.९८ रुपैयाँबाट बढेर २६.१६ रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १८७.८० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५०.४६ गुणा रहेको छ । यस्तै, लघुवित्तको खराब कर्जा ४.७६ प्रतिशतबाट घटेर ४.३५ प्रतिशतमा झरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँ, सञ्चित नाफा ५४ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्