विन्ध्यवासिनी र मन्दाकिनी हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं,२७ कात्तिक । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २ कम्पनीकोे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । विन्ध्यबासिनी र मन्दाकिनी हाइड्रोपावरले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि कात्तिक २८ गते बुक क्लोज गर्दैछन् । यी दुइ कम्पनीको लाभांश पाउन तथा साधारण सभामा सहभागिता हुनको लागि आजसम्म सेयर खरिद गरि सक्नु पर्नेछ ।

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले कर प्रयोजनका लागि नगद लाभांश भने छुट्याएको छैन । कम्पनीको बोनस प्राप्त गर्न सेयरधनीले कर तिर्नु पर्ने भएको छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि यसले कात्तिक २८ गते बुधबार बुक क्लोज गर्नेछ । त्यसैले, आजसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । कम्पनीको वार्षिक साधारण सभा मंसिर ६ गते कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

मन्दाकिनी हाइड्रोपावरले लाभांश प्रस्ताव पारित गर्न मंसिर ७ गते साधारण सभा डाकेको छ । सभा, नेपाली चुलो, लाजिम्पाट काठमाडौंमा बिहान ८ बजेदेखि सुरु हुनेछ । साधारण सभामा कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

त्यसैगरि, बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीबाट १ः१.२५ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि हाइड्रोपावरले कात्तिक २८ गते बुक क्लोज गर्दैछ । तसर्थ, कात्तिक २७ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्नेेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्