एनएमबि लघुवित्तको खुद नाफामा बढोत्तरी, प्रतिशेयर आम्दानी सकारात्मक

काठमाडौं,२७ कात्तिक । एनएमबि लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदन प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार संस्थाले ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा संस्था ४ करोड ७३ लाख रुपैयाँ घाटामा थियो ।

यस लघुवित्तको खुद ब्याज आम्दानी ४०.८६ प्रतिशतले बढेर ८ करोड ८ लाख पुगेको छ । गत वर्ष उक्त आम्दानी ५ करोड ७४ लाख रुपैयाँ थियो । यस्तै, गत वर्ष ४ करोड ७० लाख रुपैयाँ नोक्सानमा रहेको लघुवित्तले यो त्रैमासमा ७१ लाख ३९ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढ्दा संस्था नाफामा गएको हो ।

चुक्ता पुँजी ७२ करोड १४ लाख रुपैयाँ रहेको एनएमबि लघुवित्तको जगेडा कोषमा १५ करोड २ लाख रुपैयाँ छ । गत वर्ष प्रतिसेयर आम्दानी २६ रुपैयाँ २५ पैसा ऋणात्मक रहेको लघुवित्तको अहिले ३.९७ रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १३०.२४ रुपैयाँ छ ।

 

 

प्रतिक्रिया दिनुहोस्