आज हरिबोधनी एकादशी
काठमाडौं, २७ कार्तिक । आज हरिबोधनी एकादशी । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दु धर्मावलम्बीले आज व्रत बसी भगबान विष्णुको पूजाआजा गरी मनाउने गर्छन् । यस्तै आजको दिन घरघरमा रोपिएको तुलसीको विवाह गरी भगवान् स्वरूप मानिने वर र पिपलको पनि पूजा गरिने प्रचलन छ । घर घरमा रहेको तुलसीको मठलाई सिंगमर गरि आज हुम हाल्ले प्रचलन छ ।
यस्तैमा राजधानीको पशुपतिनाथ परिसरको बागमती नदीमा भक्तजनहरूले एकादशीकै दिन पारेर तोरण टाँगेका छन् । मरोणेपरान्त वैकुण्ठ बास होस् र आफ्नो परिवारलाई राम्रो होस् भन्ने कामनाका साथ तोरण टाँग्ने प्रचलन रहेको छ ।
आजै बेलुका घरघरमा भजन कीर्तन गरी जागराम बस्ने चलन समेत रहेको छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान् विष्णु यसै दिन जागा हुने शास्त्रीय मान्यता छ ।
वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्त्वपूर्ण तिथिका रूपमा मनाइन्छ । आज धार्मीक स्थलहरुमा तोरण टाँग्ने चलन पनि छ ।
प्रतिक्रिया दिनुहोस्