गल्ती गर्ने जो कसैलाई छुट दिँइदैन : सञ्चारमन्त्री गुरुङ
काठमाडौं,२६ कात्तिक । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले कोशी प्रदेशका पूर्वकानुनमन्त्रीको पक्राउ गल्ती गर्ने कसैलाई छुट दिँदैन भन्ने संकेत भएको बताएका छन् ।
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले भने, यो सुधारको संकेत हो । गलत काम गर्यो भने सत्तारुढ दलको कुनै सांसद होस् कि मन्त्री वा मुख्यमन्त्री होस्, छुट पाउँदैन । गल्ती गर्नेले सजाय पाउनुपर्छ भन्ने सिद्धान्तका साथ लागेका छौं ।
मानव तस्करीमा जोडिएपछि मन्त्री पदबाट राजीनामा दिएका लिलाबल्लव अधिकारीलाई प्रहरीले आइतबार पक्राउ गरेर अनुसन्धानका लागि काठमाडौं ल्याएको छ । मन्त्री गुरुङले भने सरकारले गल्ति गर्ने जो सुकै भए पनि कारवाही गर्छ । कानुन बिपरित काम गरे सबै सजायको भागिदार हुने कोही कसैलाई बचाउन सरकार नलाग्ने ।
प्रतिक्रिया दिनुहोस्