मोवाइल फुड ल्याव भ्यान मार्फत काठमाडौं प्रवेश विन्दुमा खाद्य पदार्थको निरीक्षण अनुगमन शुरु

काठमाडौं,२६ कात्तिक । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौ उपत्यकाका विभिन्न नाकामा आईतवार एक हजार आठसय ५५ लिटर दुध परीक्षण गरेको छ । मोवाइल फुड ल्याव भ्यान संचालन गरी मोवाईल भ्यान मार्फत काठमाडौं प्रवेश विन्दुमा खाद्य पदार्थ निरीक्षण अनुगमनको क्रममा कैफियत नपाइएको विभागका महानिर्देशक संजिव कुमार कर्णले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकाका अन्य प्रवेश विन्दुहरुमा समेत क्रमश मोवाइल फुड ल्याव भ्यान परिचालन गरी उपत्यका भित्रिने खाद्य पदार्थहरुको छड्के निरीक्षण तथा अनुगमन परिक्षण गरिनेछ।

यसै सन्दर्भमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्राविधिक टोलीले प्रहरी वृत, जगाती, भक्त्तपुरको सहयोगमा निरीक्षण गरेको हो । अनुगमन टोलीबाट काठमाण्डौ उपत्यकाभित्र प्रवेश गरेका निम्न कच्चा दुध ढुवानी साधनहरुको निरीक्षण अनुगमन गरी दुधका नमुना सकंलन तथा परिक्षणको क्रममा कैफियत पाइएको छैन । काठमाडौं भित्रिने दुधमा समस्या छ भन्ने गुनासोको आधारमा यो निरीक्षण अनुगमन कार्य गत असोजबाट शुरु गरेको थियो ।

उक्त ढुवानी साधनबाट ल्याइएको दुधमा सोडा, चिनी, युरिया र स्ट्टार्च जस्ता बाह्य पदार्थहरुको परिक्षण गरिएको छ। सो परिक्षण गर्दा कैफियत नपाईएको ब्यहोरा सबैमा जानकारीको यो प्रेस नोट जारी गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्