एनएलजी इन्सुरेन्सको हकप्रद सेयर पाउन आजसम्म सेयरधनी बन्नु पर्ने

काठमाडौं,२६ कात्तिक । एनएलजी इन्सुरेन्सको ६२.५६ प्रतिशत हकप्रद सेयरमा आज कात्तिक २६ गते सोमबारसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । इन्सुरेन्सले हकप्रद सेयरको लागि कात्तिक २७ गते बुक क्लोज गर्दैछ । त्यसैले, आजसम्म कायम सेयरधनीले यसमा आवेदन दिन सक्नेछन् ।

इन्सुरेन्सले मंसिर ११ गतेदेखि ६२.५६ शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले १०ः ६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

हकप्रद सेयर निष्कासनका लागि यसले लक्ष्मी सनराईज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्