प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं,२६ कात्तिक । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आ.व.को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा र प्रतिशेयर आम्दानी गत आ.व.को सोही अवधिको तुलनामा बढेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १२ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आ.व. को सोही अवधिको तुलनामा २५.७४ प्रतिशत बढी हो । समिक्षा अवधिसम्ममा इन्स्योरेन्सले १० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ४.१८ प्रतिशत र कुल आम्दानी ११.६७ प्रतिशत बढेको छ । त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी १२।२७ प्रतिशत र कुल खर्च १०.५९ प्रतिशत बढेको छ ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १ रुपैयाँ ३४ पैसा बढेर १० रुपैयाँ ६९ पैसा पुगेको छ । पहिलो त्रयमासको अन्तसम्म इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५३.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ३४ पैसा रहेको छ ।

४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ती कोषमा ९ करोड ६९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६२ करोड २५ लाख रुपैयाँ र अन्य इक्विटीमा १७ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्