सगरमाथा जलविद्युत कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं, २५ कात्तिक । नेपाल स्टक एक्सचेन्जमा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको ४.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

आइतबारको अन्तिम कारोबार मूल्य ६१२ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात यसको कम्पनीको सेयर मूल्य ५८४.२५ रुपैयाँ कायम भएको छ । यसै मूल्यलाई आधार मानेर भोली नेप्सेमा कारोबार खुला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्