ललितपुर महानगरले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलायो

काठमाडौं ,२५ कात्तिक । ललितपुरको हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना ललितपुर महानगरपालिकाले डोजर चलाएको छ ।

महानगरले आज बिहान नगर प्रहरीहरु परिचालन गरी अनधिकृत संरचनामा डोजर चलाएर भत्काएको हो ।

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले मापदण्ड विपरितका बनाएको संरचना भत्काइएको जानकारी दिए ।

उनका अनुसार यसअघि अदालतले अनधिकृत संरचना हटाउन आदेश दिएको थियो । तर राष्ट्रिय सहकारी विकास बोर्डले भत्काउन आनाकानी गरे पछि महानगरपालिकाले भत्काउन परेको प्रमुख हाछेथुले बताए ।

प्रतिक्रिया दिनुहोस्