रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं, २४ कातिक । स्थानीयतहको निर्वाचन र आगामी संघर्षका कार्यक्रम बारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आज बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो ।
बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
साथै आगामी मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको तयारी र परिचालनबारे पनि बैठकमा छलफल हुने बताइएको छ । आजको बैठकले महत्वपूर्ण निर्णय गर्ने पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्